आइतबार, कार्तिक १६ गते २०८३
images
images

७४औं प्रजातन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

एक्सप्रेस पाना
फाल्गुण ७, २०८० सोमबार
  • 528
    SHARES
  • ७४औं प्रजातन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

    काठमाडौं । आज ७४औं प्रजातन्त्र दिवस देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

    images

    यस अवसरमा प्रजातन्त्र दिवस मूल समारोह समितिले आज बिहान सैनिक मञ्च टुँडीखेलमा विशेष समारोह आयोजना गरेको छ ।

    विक्रम संवत् २००७ सालको क्रान्ति सफल भएर १०४ वर्ष लामो निरंकुश राणाशासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको सम्झनामा हरेक वर्ष फागुन ७ गते प्रजातन्त्र दिवस मनाइन्छ ।

    images

    राज्यशक्तिको स्रोत जनता मात्र हुन् र मुलुकको सार्वभौमसत्ता जनतामा निहित हुनुपर्छ भन्ने मान्यतालाई जनताको संघर्ष तथा वीरवीरांगना शहीदको बलिदानबाट स्थापित गरेको हुनाले आजको दिन नेपालको इतिहासमा गौरवपूर्ण र अविस्मरणीय मानिन्छ ।

    प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ ।

    दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख लगायतले सबै नेपालीहरुमा शुभकामना दिएका छन् 

  • सम्बन्धित विषय:

  • # प्रजातन्त्र दिवस