शनिबार, भाद्र २७ गते २०८३
images

निजी अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा कमजोर : काठमाडौं महानगरपालिका

एक्सप्रेस पाना
फाल्गुण ९, २०८० बुधबार
  • 339
    SHARES
  • निजी अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा कमजोर : काठमाडौं महानगरपालिका

    काठमाडौं ।  निजी अस्पतालको फोहोर व्यवस्थापन प्रणालीमा कमजोर भेटिएको छ ।

    images

     काठमाडौं महानगरपालिकाले हिमाल अस्पतालमा अनुगमन गर्ने क्रममा स्रोतमा फोहोर छुट्याउन राखिएका बाल्टिनमा रंग संकेत नमिलेको पाइएको हो। महानगरकी इञ्जिनियर निशा कोइरालाका अनुसार  सबै खालका बाल्टिनमा सबै खालका फोहोर हाल्ने गरिएको पाइएको छ।

    ‘वर्गीकृत फोहोरको ढुवानी गर्ने ट्रली देखिएनन् । ढुवानी गरेर भण्डारण गर्ने ठाउँमा लैजाने बाटो साँघुरो छ । यसकारण बोकेको फोहोरले अक्सिजन सिलिण्डरलगायत अन्य सामान छुने जोखिम छ," उनले भनिन्,  "अटोक्लेभ मेसिन चलाउने गरिएको छ तर प्रेसर र तापक्रम मापन गरिएको छैन।

    images

    अटोक्लेभ मेसिन चलाउने कर्मचारीले  एक घण्टा उमाल्ने गरेको बताए। उनलाई प्रश्न सोध्दै जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठले भने, ‘यो मेसिन त विग्रिएको जस्तो छ । प्रेसर कसरी थाहा पाउनु हुन्छरु’ उनको उत्तर थियो, ‘पानी त उम्लिहाल्छ नि।’

    अस्पतालका कर्मचारीले अटोक्लेभमा रा सबै खालको फोहोर मिसाएर पठाएको उनले त्यहाँ बताएका थिए। ती कर्मचारीलाई त्यसबारे कुनै तालिम नदिइएको श्रेष्ठले बताएका छन्। "मेसिनको पूर्ण कार्य प्रक्रिया थाहा छैन । भाँडोमा फोहोर हाल्ने, प्लगमा जोडेर पानी तताउने मात्र थाहा छ । यसबाट संक्रमित फोहोर कसरी संक्रमणमुक्त भयो भन्ने कसैले भन्न सक्ने देखिएन," उनले भने।

    फोहोर व्यवस्थापनको प्रक्रियाका लागि जिम्मेवार कोही पदाधिकारी तोकिएको पनि नपाइएको काठमाडौं महानगरले जनाएको छ। ु 

    माथिल्लो तलामा अस्पतालमा प्रयोग भएका कपडा धुने ठाउँ छ । ती कपडा कसरी संक्रमणमुक्त हुन्छन् । धुनेलाई थाहा छैन । अस्पतालले चलाएको औषधि पसलमा एक्स्पायरी जोन छैन,ु महानगरले भनेको छ।  अस्पतालले ब्लड बैङ्कमा भने फोहोर वर्गीकरणको राम्रो व्यवस्था गरेको पाइएको छ।  ।

    हेल्पिङ् ह्याण्डसमा पनि समस्या 

    चावहिलमा भएको हेल्पिङ् ह्याण्डस सामुदायिक अस्पतालले स्रोतमा फोहोर वर्गीकरण तोकिएकै अनुसार फोहोर राखेको पाइएको छ। तर आकस्मिक कक्षको एउटा नीलो बाल्टिनमा संक्रमण भएको फोहोर मिसिएको देखिएको छ।  स्रोतमा वर्गीकरण व्यवस्था राम्रो भएपनि अस्पतालले ढुवानी गर्ने प्रबन्ध  राम्रो गर्न भने नसकेको कोइरालाले बताइन् । सफाइ कर्मचारीले प्लाष्टिकमा हालेर बोकेर प्रशोधन गर्ने ठाउँमा लैजाने गरेको पाइएको छ।  

    अन्नपूर्ण न्युरो र बयोधा त्यस्तै 

    माइतीघर मण्डला नजिकै रहेको अन्नपूर्ण न्युरो अस्पताल र बल्खुमा रहेको बयोधा अस्पतालको फोहोर व्यवस्थापन चक्रको अनुगमन गर्दा अभ्यासमा समान खालका त्रुटि भेटिएको महानगरले जनाएको छ। ुप्रकृतिअनुसारको फोहोर राख्ने बाल्टिनको रङ्ग फरक हुनु नै पहिलो त्रुटि हो । स्रोतमा वर्गीकरण भए पनि फोहोर ढुवानी गर्ने कर्मचारीहरुलाई तालिम नभएका कारण सामान्य फोहोर र संक्रमणयुक्त फोहोर मिसिन सक्ने जोखिम रहेको महानगरले भनेको छ। 


    वयोधा अस्पतालमा फोहोर व्यवस्थापनमा काम गर्ने कर्मचारी रङ्ग संकेत हेरेर फोहोर राख्ने क्रममा आफैँ झुक्किएको पाइएको छ। अनुगमन टोलीकै अगाडि संक्रमित फोहोर हरियो बाल्टिनमा राखेको देखिएको बताइएको छ।  "यस्तै संक्रमणयुक्त फोहोर अटोक्लेभ गर्नु अघि खन्याएर वर्गीकरण गर्ने गरिरहेका थिए । यस्तो फोहोर अटोक्लेभ गरेर संक्रमणमुक्त बनाएपछि मात्र वर्गीकरण गर्न सकिन्छ । अटोक्लेभ गरिएको फोहोर चिन्नका लागि संकेत चिन्हको प्रयोग गर्नुपर्छ" महानगरका अनुगमनकर्ताले भने।

    अन्नपूर्ण न्युरोमा पनि सबै बाल्टिनमा सबै खालको फोहोर भेटिएको छ।  संकलित फोहोर ढुवानीमा अवलम्बन गर्नुपर्ने सुरक्षा विधिमा कमजोरी देखिएको महानगरले जनाएको छ। जनस्वास्थ्य निरीक्षक धनेन्द्र श्रेष्ठका अनुसार ३० किलोको मात्र अटोक्लेभ मेसिन छ । अटोक्लेभ मेसिन राख्ने ठाउँ अव्यवस्थित छ । फोहोर वर्गीकरण र भण्डारण कक्ष व्यवस्थित देखिएन । ठाउँ साँघुरो छ । 

    महानगरको  वातावरण व्यवस्थापन विभागका उपनिर्देशक सानुमैयाँ महर्जनले भनिन्,  "अस्पतालहरुको फार्मेसीबाट म्याद सकिएका औषधि कसरी व्यवस्थापन हुन्छ, शल्यक्रियाबाट उत्पादन भएको मानव अङ्गको व्यवस्थापन कसरी हुन्छ, प्रयोगशाला, शल्यक्रिया कक्षबाट उत्पादन भएको तरल फोहोरको व्यवस्थापन कसरी गरिन्छ जस्ता प्रश्नको उत्तर कमजोर छ।"

    फोहोर व्यवस्थापनका लागि अस्पतालहरुमा संयन्त्र  निर्माण हुनुलाई सकारात्मक रुपमा लिइएको छ । प्रक्रिया तथा व्यवस्थालाई संस्थागत गर्दै व्यवस्थित बनाउन सकिने देखीको र यसका लागि क्षमता विकास र सुधारका लागि प्रतिवद्धता र निगरानीको खाँचो रहेको अनुगमनकर्ताले बताएका छन्। 

  • सम्बन्धित विषय:

  • # काठमाडौँ महानगरपालिका