आइतबार, भाद्र २८ गते २०८३
images

कति छ आज विदेशी मुद्रा विनिमय दर ?

एक्सप्रेस पाना
फाल्गुण १०, २०८० बिहीबार
  • 365
    SHARES
  • कति छ आज विदेशी मुद्रा विनिमय दर ?

    काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ।

    images

    अमेरिकी डलर भाउ आज सामान्य पैसाले बढेको छ भने युरो र पाउन्डको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा कायम गरिएको छ । बुधबार अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०५ पैसामा थियो।

    बिहीबार युरोपियन युरोको एकको खरिददर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ तोकिएको छ। 

    images

      त्यस्तै, बेलायती पाउन्ड सटर्लिङको भाउ एक रुपैयाँ २६ पैसाले बढेर एकको खरिददर १६७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६७ रुपैयाँ ७८ पैसा कायम गरिएको छ । बुधबार यसको खरिददर १६६ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६७ रुपैयाँ ५२ पैसामा कारोबार भएको थियो।

    यता, अस्ट्रेलियन डलर एकको खरिददर भने ८६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ८७ रुपैयाँ १७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ९१ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३५ पैसा कायम गरिएको छ।

    उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ८३ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ८७ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ४२ पैसा तथा बिक्री दर १८ रुपैयाँ ५१ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रुपैयाँ ९२ पैसा तथा बिक्री दर ९ रुपैयाँ ९७ पैसा कायम गरेको जनाइएको छ।

    यसै गरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४९ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ३२ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४८ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३६ रुपैयाँ २३ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २७ रुपैयाँ ६३ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा कायम गरेको  राष्ट्र बैङ्कले जनाएको छ।

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा