आइतबार, भाद्र २८ गते २०८३
images

शुक्रबारका लागि विदेशी मुद्राको विनियमदर

एक्सप्रेस पाना
फाल्गुण ११, २०८० शुक्रबार
  • 298
    SHARES
  • शुक्रबारका लागि विदेशी मुद्राको विनियमदर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनियमदर सार्वजनिक गरेको छ। 

    images

    बैंकले सार्वजनिक गरेको विवरणअनुसार आज अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ २५ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३३ रुपैयाँ ०६ पैसा थियो। 

     युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ ४८ र बिक्रीदर १४४ रुपैयाँ १४ पैसा निर्धारण भएको छ। हिजो युरोपियन युरो १ को खरिदर १४३ रुपैयाँ र बिक्रीदर १४३ रुपैयाँ ६५ पैसा थियो। 

    images

    त्यसैगरी आज बेलायती पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ४९ पैसा र बिक्रीदर १६८ रुपैयाँ ३५ पैसा निर्धारण भएको छ।

    आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ०४ पैसा र बिक्रीदर ८७ रुपैयाँ ४४ पैसा निर्धारण भएको छ। भने कुवेती दिनार १ को खरिददर ४२९ रुपैयाँ ८४ पैसा र बिक्रीदर ४३१ रुपैयाँ ७९ पैसा निर्धारण भएको बैकंले जनाएको छ । 

     

  • सम्बन्धित विषय:

  • # विदेशी मुद्रा