काठमाडौं । सरकारले मिटरब्याजपीडितलाई वार्ताको लागी बोलाएको छ ।
आइतबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति, नेपाललाई पत्र पठाउँदै बढीमा पाँचजनाको टोलीलाई गृह मन्त्रालयमा वार्ताका लागि बोलाइएको हो ।
मिटरब्याज समस्या समाधानका निम्ति मन्त्रालयबाट सहसचिव रुद्रप्रसाद पण्डितको संयोजकत्वमा वार्ता टोली गठन गरिएको भन्दै छलफलमा बोलाइएको छ । यसअघि पनि मिटरब्याजपीडितले पटक–पटक यस्ता आन्दोलन गरेका र वार्तापछि सहमतिअनुसार आयोग गठन गरेर काम गरिएको मन्त्रालयले पठाएको पत्रमा उल्लेख छ ।
.jpg)


