बुधबार, भाद्र २४ गते २०८३
images

अख्तियारले डामेको, आयोगले पोलेकालाई घर पठाइदिऊँ : गगनकुमार थापा

एक्सप्रेस पाना
फाल्गुण १४, २०८० सोमबार
  • 254
    SHARES
  • अख्तियारले डामेको, आयोगले पोलेकालाई घर पठाइदिऊँ : गगनकुमार थापा

    काठमाडौं । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले अख्तियारले डामेका र आयोगले पोलेका मन्त्रीहरुलाई घर फिर्ता पठाउन पर्ने बताएका छन् । 

    images


    सोमबार प्रतिनिधीसभा बैठकमा बोल्दै आसनको दायाँ, बायाँ बसेका कसैलाई नहेरी अख्तियारले डामेका, आयोगले पोलेका, सरकारी जग्गामा आँखा गाडेका, सहकारी ठगीमा मुछिएकाहरुलाई घर पठाएर अनुसन्धान गर्नुपर्ने बताएका हुन् ।

    ‘अख्तियारले डामेको, आयोगले पोलेको र सरकारी जग्गामा आँखा गाडेको झण्डावालाको झण्डा छोपेर घर पठाइदिऊँ । अनि सहकारी ठग्ने र दुईरचार थान नागरिकता राख्नेलाई पनि यहाँ राखेर होईन, घर पठाएर अनुसन्धान गरौं । यति गर्न सकिए के होला रु निर्दोष भए फर्किएर आउनु होला, फूलमाला लगाएर स्वागत गरौंला । दोषी भए दण्ड सजाय भोग्नुहोला,’– उनले भने । 

    images

    संसद् निरन्तर अवरोध हुँदा मूल विषय पनि छाँयामा परेको समेत उनले बताए । 

     

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा