बुधबार, भाद्र २४ गते २०८३
images

त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु,पहिलो खेल नेपाल र नामिबियाबिच हुने

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 258
    SHARES
  • त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु,पहिलो खेल नेपाल र नामिबियाबिच हुने

    काठमाडौँ । नेपाल, नामिबिया र नेदरल्याण्डसबीचको त्रिकोणात्मक टी-२० सिरिज आजदेखि शुरु हुदै छ ।

    images

    सिरिजको पहिलो खेलमा आज नेपाल र नामिबिया खेल्दै छन् । टियु मैदानमा हुने यो खेल बिहान ११ :३० बजेदेखि शुरु हुदै छ ।

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिमको घोषणा गरेको छ ।

    images

    नेपाली टीममा रोहित पौडेल (कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

     

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२० सिरिज