आइतबार, कार्तिक १६ गते २०८३
images
images

धरानमा विमानस्थल बनाउन सम्भव नरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 362
    SHARES
  • धरानमा विमानस्थल बनाउन सम्भव नरहेको  नेपाल नागरिक उड्डयन प्राधिकरणको निष्कर्ष

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले धरानमा विमानस्थल बनाउन सम्भव नरहेको निष्कर्ष निकालेको छ । 

    images

    सुनसरीको धरान उपमहानगरपालिका क्षेत्रमा विमानस्थल निर्माणका निम्ति गरिएको विस्तृत सम्भाव्यता अध्ययनबाट विमानस्थल निर्माणको सम्भावना नरहेको निष्कर्ष निस्किएको हो ।

    सो क्षेत्रमा विमानस्थल बनाउँदा विद्यमान हवाई नीति, २०६३ विपरीत हुने अध्ययन प्रतिवेदनमा उल्लेख छ । तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा निकटस्थ विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था रहेकोमा सो अनुसारको सम्भावना नदेखिएको अध्ययनले देखाएको छ ।

    images

    प्राधिकरणले भनेको छ "सडक यातायातको सहज उपलब्धता तथा त्यस क्षेत्रको भौगोलिक अवस्थितिले गर्दा ‘वन वे एप्रोच’ मात्र सम्भव हुँदा हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नभएको तथा अन्य विविध प्राविधिक तथा अपरेसन कन्स्ट्रेन्ट्सले गर्दा उक्त ठाउँमा विमानस्थल निर्माण गर्न सम्भव नरहेको प्राधिकरणको निष्कर्ष रहेको छ ।"

  • सम्बन्धित विषय:

  • # नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)