बुधबार, भाद्र २४ गते २०८३
images

 टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको छ : प्रमुख आयुक्त

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 256
    SHARES
  •  टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको छ : प्रमुख आयुक्त

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमबहादुर राईले टेरामक्स प्रकरणको अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका छन्। 

    images

    मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समिति बैठकमा राईले टेरामक्स प्रकरणमा बयान लिने काम सकिएको र अध्ययन अनुसन्धान अन्तिम चरणमा पुगेको बताएका हुन्। टेरामक्स प्रकरणमा तथ्य र प्रमाणलाई केलाउने काम भइरहेको उनको भनाइ छ।

    त्यस्तै उनले वाइडबडी खरिद प्रकरणको छानबिन अन्तिम चरणमा पुगेको जानकारी दिए। 

    images

    अन्तर्राष्ट्रिय स्तरबाट सूचना ल्याउन कठिन भइरहेको र दुईपक्षीय सम्झौता नभइ सूचना दिन नसक्ने जवाफ आएकाले सरकारले यसमा ध्यान दिनुपर्ने उनले बताए। राईले सेक्युरिटी प्रेसको टेप प्रकरणको पनि अनुसन्धान भइरहेको भन्दै पोख्त प्रमाण र आधार नभएसम्म कसैलाई दोषी ठहर गर्न नहुने जिकिर गरे। 

    अख्तियारका प्रमुख आयुक्त राईले अहिले सबैभन्दा बढी भ्रष्टाचार आइटी क्षेत्रमा देखिएकाले सुधारका लागि सरकारलाई १० बुदे सुझाव दिएको जानकारी दिए। सार्वजनिक जग्गको हिनामिना गर्ने प्रवृति बढ्दो रहेको देखिएको भन्दै अख्तियारमा प्राप्त उजुरीलाई हेर्दा यसको रफ्तार बढ्दै गएको पाइएको उनले बताए।

    राईले चमेलिया, रामग्राम जग्गा लिज प्रकरण लगायतका विषयमा अध्ययन भइरहेको बताए। उनले गत वर्ष २८ हजार उजुरी परेकोमा ६५ प्रतिशत फर्छयौट भएको र अहिले पनि त्यहि हाराहारीमा पुग्नेगरी उजुरी आइरहेको जानकारी दिए। 

  • सम्बन्धित विषय:

  • # अख्तियार दुरुपयोग अनुसन्धान आयोग