बुधबार, भाद्र २४ गते २०८३
images

भक्तराज आचार्यको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त : गगनकुमार थापा

एक्सप्रेस पाना
फाल्गुण १५, २०८० मंगलबार
  • 290
    SHARES
  • भक्तराज आचार्यको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त : गगनकुमार थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भक्तराज आचार्यको निधनसँगै नेपाली गीतसंगीतमा एउटा अध्याय समाप्त भएको बताएका छन् । सोमबार निधन भएका आचार्यको पार्थिव शरीर मंगलबार अन्तिम श्रद्धाञ्जलीका निम्ति नाट्य प्रतिष्ठानमा राखिएसँगै श्रद्धाञ्जली अर्पण गर्न पुगेका थापाले यस्तो बताएका हुन् ।

    images

    सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम लिइने आचार्यको निधनसँगै देशलाई ठूलो क्षति पुगेको उनले उल्लेख गरे । थापाले आचार्यको भौतिक शरीर नरहे पनि उनका सिर्जना कालजयी रहने बताए ।

    “भक्तराज आचार्यसँगै एउटा अध्यायको समाप्त भएको छ । सांगीतिक क्षेत्रमा अग्रपंक्तिमा नाम आउने उहाँकै थियो,” उनले भने ।

    images

    भक्तराजले आफ्न दुई पुत्रलाई पनि सांगीतिक क्षेत्रमै लगाएको उनले बताए । 

  • सम्बन्धित विषय:

  • # गगनकुमार थापा