काठमाडौं । त्रिकोणात्मक टी-२० सिरिजअन्तर्गत नेदरल्यान्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरिरहेको नेपालले चौथो विकेट पनि गुमाएको छ ।
चौथो विकेटका रुपमा कप्तान रोहित पौडेल आउट भएका हुन् । ३६ बलको सामना गरेका उनी स्याब्रान्ड एंगेलब्रेक्टको बलमा ५० रन बनाएर आउट भएका हुन् । यसअघि तेस्रो विकेटका रुपमा कुशल मल्ल ११ रन जोडेर आउट भएका थिए ।
१८५ रनको विशाल लक्ष्य पच्छ्याएको नेपाल दबाबमा परको छ ।


