बुधबार, भाद्र २४ गते २०८३
images

त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डस खेल्दैं

एक्सप्रेस पाना
फाल्गुण १७, २०८० बिहीबार
  • 259
    SHARES
  • त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डस खेल्दैं

    काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुदै छ । 

    images


    जारी सिरिजमा नामिबिया र नेदरल्याण्डसले एक एक खेल जितेका छन् । दुवैले नेपालविरुद्धका खेल जितेका छन् । सिरिजको पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले हराएको थियो भने नेदरल्याण्डसले नेपालमाथि २ रनको जित हासिल गरेको थियो । टियु मैदानमा हुने यो खेल नेपाली समय अनुसार बिहान ९:३० बजेदेखि शुरु हुने छ ।

    आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

    images

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२० सिरिज