काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहिबार शेयर बजार घटेको छ । बिहिबार नेप्से २८.६८ अंकले घटेर नेप्से परिसुचक १९७२.०९ अंकमा पुगेको छ ।
आज २ अर्ब ५९ करोड ८७ लाख ३७ हजार रुपैयाँ बराबरको ७४ लाख ४६ हजार ९९१ कित्ता शेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
२२० कम्पनीको शेयर घट्दा १७ कम्पनीको शेयर बढेको छ भने ११ कम्पनीको शेयर भने स्थिर रहेको छ ।


