आइतबार, कार्तिक १६ गते २०८३
images
images

जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दैं

एक्सप्रेस पाना
फाल्गुण १९, २०८० शनिबार
  • 296
    SHARES
  • जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डस भिड्दैं

    काठमाडौँ । जारी त्रिकोणात्मक टी-२० सिरिजमा आज नेपाल र नेदरल्याण्डसबीच खेल हुदै छ । 

    images

    टियु मैदानमा हुने यो खेल बिहान ११:३० बजेदेखि शुरु हुदै छ । सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार सम्पन्न खेलमा नामिबियालाई ३ रनले पराजित गरेको थियो । 

    त्यस्तै यस अघि सम्पन्न खेलमा नेदरल्याण्डससँग २ रनले र नामिबियासँग २० रनले पराजित भएको थियो । त्यस्तै नेदरल्याण्डसले २ खेलमा एक जित हासिल गरेको छ ।

    images

    नेपाल क्रिकेट संघ (क्यान) ले यस सिरिजका लागि रोहित पौडेलको कप्तानीमा १८ सदस्यीय टिम बनाएको छ ।

    नेपाली टीममा रोहित पौडेल .कप्तान), आसिफ सेख, कुशल भुर्तेल, कुशल मल्ल, दिपेन्द्र सिंह ऐरी, ललित राजबंशी, करण केसी, गुलशन झा, सोमपाल कामी, प्रतिश जिसी, सन्दीप जोरा, बिनोद भण्डारी, बिबेक यादव, अनिल शाह, रशिद खान, सगर ढकाल, आरिफ सेख र अविनाश बोहोरा रहेका छन् ।

    आइसीसीको टी-२० वरियतामा तिन देश मध्ये नामिबिया सबैभन्दा अगाडी रहेको छ । नामिबिया आइसीसी वरियतामा ११औं स्थानमा रहेको छ भने नेदरल्याण्डस १५औं स्थानमा रहेको छ । त्यस्तै नेपाल १६औं स्थानमा रहेको छ ।

  • सम्बन्धित विषय:

  • # त्रिकोणात्मक टी-२० सिरिज