काठमाडौं । महाशिवरात्री पर्वलाई लक्षित गरेर पशुपति मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा तथा नसालु पदार्थ बेचबिखन गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै पशुपति मन्दिर आसपासका क्षेत्रमा पाँच दिन मासु, मदिरा र अरु नसालु पदार्थ उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न रोक लगाइएको हो ।
बुधबारदेखि गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गौशाला तिलगंगा चक्रपथदेखि उत्तर, मित्रपार्क–उमाकुण्ड–गौरीघाट हुँदै गुह्यश्वरीदेखि दक्षिणभित्रका सबै भागमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
प्रशासनको सूचनालाई बेवास्ता गरे कानुनबमोजिम कारबाही हुने प्रशासनले चेतावनी दिएको छ ।

.jpg)


