काठमाडौं। नेकपा एमालेको मुख्य सचेतकमा महेश बर्तौला चयन भएका छन् ।
एमाले प्रमुख सचेतक पदम गिरी मन्त्री नियुक्त भएपछि प्रमुख सचेतकको जिम्मेवारी बर्तौलाले पाएका हुन् ।
सचेतकमा भने सुनिता बराल चयन भएकी छन् । पाटी अध्यक्ष केपी शर्मा ओलीले उहाँहरुलाई आज उक्त जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।
.jpg)


