काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य उच्च विन्दुमा पुगेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला १ लाख २५ हजार रुपैयाँ रहेकोमा आइतबार १ लाख २६ हजार रुपैयाँ पुगेको छ, जुन मूल्य हालसम्मकै उच्च हो ।
त्यस्तै आज तेजाबी सुनको मूल्य समेत १ हजार रुपैयाँले बढ्दै १ लाख २५ हजार ४ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
.
आइतबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ४७० रुपैयाँ रहेको चाँदी आइतबार १ हजार ४७५ रुपैयाँ कायम भएको छ ।


