सोमबार, कार्तिक १७ गते २०८३
images
images

उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

एक्सप्रेस पाना
फाल्गुण २७, २०८० आइतबार
  • 282
    SHARES
  • उपेन्द्रले लिए उपप्रधानसहित स्वास्थ्यमन्त्रीको शपथ

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहलले मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    images

    आइतबार जसपालाई समेटेर दाहलले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । जसअनुसार जसपाका अध्यक्ष उपेन्द्र यादव उपप्रधानसहित स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री बनेका छन् ,भने जसपाबाटै नबलकिशोर साह वन मन्त्री बनेका छन् ।

    दुवै मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार बिहान पद तथा गोपनीयताको शपथ दिलाएका छन् । शीतल निवासमा आयोजित शपथ समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रधानन्यायाधीशलगायत विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो । 

    images

    यसअघि प्रचण्डले नयाँ समीकरणअनुसार दुई चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरिसकेका थिए । फागुन २१ मा तीन जनाले मन्त्रीको शपथ लिएकामा दोस्रो पटक फागुन २३ मा १६ जना मन्त्री थपेका थिए । अहिले जसपाबाट दुई जना मन्त्री बनेका छन । 

  • सम्बन्धित विषय:

  • # उपेन्द्र यादव