सोमबार, कार्तिक १७ गते २०८३
images
images

जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने

एक्सप्रेस पाना
फाल्गुण २९, २०८० मंगलबार
  • 254
    SHARES
  • जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनमा उम्मेदवारी दिने

    काठमाडौं । जनमत पार्टीले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको छ। 

    images

    हालै बसेको केन्द्रीय सचिवालय बैठकले इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि उम्मेदवारी दिने निर्णय गरेको जनमतका प्रवक्ता शरदसिंह यादवले जानकारी दिए। 

    इलाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य र बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ ९१० मा प्रदेश सभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ।

    images

     निर्वाचन आयोगले आगामी वैशाख १५ गते मतदान हुने गरी निर्वाचन कार्यक्रम सार्वजनिक गरिसकेको छ।  

    जनमत पार्टीले नयाँ सत्ता गठबन्धनमा तत्कालै सहभागी नहुने निर्णय गरेको पनि प्रवक्ता यादवले जानकारी दिए। 

    सप्तरीमा २०८० साल माघ ८ गते भएको घटनाको छानबिन गर्न बनेको समितिले दिएको प्रतिवेदनउपर छलफल गरी निर्देशित प्रक्रिया अगाडि बढाउने निर्णय गरेको यादवले जानकारी दिए।

  • सम्बन्धित विषय:

  • # जनमत पार्टी