काठमाडौं । विवादमा मुछिएका व्यक्तिलाई गृहमन्त्री बनाएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले शुक्रबार दोस्रो पटक बसेको प्रतिनिधि सभामाको बैठक अवरोध गरेको छ।
शुक्रवारको प्रतिनिधि सभाको दोस्रो बैठकमा सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई राजनैतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न अनुमति दिएसँगै प्रतिपक्षीले संसदको वेल घेराउ गरेका हुन् ।
सांसदहरुले गृहमन्त्री राजीनामा दे, सहकारी पीडितलाई न्याय दे लगायतका नाराबाजी गरी वेल घेराउ गरेका हुन् ।
काँग्रेसको अवरोधसँगै प्रतिनिधि सभाको अर्को बैठक आइतबार ११ बजे बस्ने सभामुख घिमिरेले जानकारी गराए ।


