काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से १०.६२ अंकले घटेको छ ।
आज ०.५१ प्रतिशतले नेप्से घटेर २०७०.२५ विन्दुमा कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
आज ८४ लाख ६ हजार ७४ कित्ता शेयर ३ अर्ब ३८ करोड ७९ लाख ८० हजार रुपैयाँमा किनबेच भएको छ ।
३०४ कम्पनीको ६३ हजार ९ पटक शेयर किनबेच हुँदा १५० कम्पनीको शेयर घटेको छ भने ८४ कम्पनीको शेयर बढेको छ ।
१० कम्पनीको शेयर भने स्थिर रहेको छ ।


