काठमाडौं। काठमाडौंमा भेरोसेल खोप अभियान स्थगित भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित गरेको छ। चीनबाट आएको भेरोसेल खोपको मौज्दात सकिएकाले खोप अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको हो।
स्वास्थ्य मन्त्रालयले यसअघि २९ असारदेखि २ साउनसम्म भेरोसेल खोप अभियान सञ्चालन हुने जनाएको थियो । सरकारले यो पटक अत्यावश्यक सेवाका साथै विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक, सहचालक लगायतलाई खोप दिएको छ।
काठमाडौंमा २० असारदेखि चीनमा निर्मित भेरोसेल खोप अभियान सञ्चालन भइरहेको थियो। मौज्दात रहेको भेरोसेल खोप सकिएपछि अभियान स्थगित गर्नुपरेको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए। अर्को सूचना नभएसम्मका लागि शनिबारदेखि खोप अभियान स्थगित भएको स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जानकारी दिए।


