शनिबार, भाद्र २७ गते २०८३
images

कोरोना संक्रमणबाट देशभर थप ४३ जनाको मृत्युु

एक्सप्रेस पाना
श्रावण १, २०७८ शुक्रबार
  • 345
    SHARES
  • कोरोना संक्रमणबाट देशभर थप ४३ जनाको मृत्युु

    काठमाडौं ।  कोरोना संक्रमणबाट देशभर थप ४३ जनाको मृत्युु भएको छ । पछिल्लो समय नेपालमा  कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या बढ्दै गईरहेको छ ।  यो हप्ताको शुरुवातमा मृतक घटेकामा फेरि बढ्दै गएका छन्। शुक्रबार ४३ जनाको मृत्यु भएको छ। योसँगै अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २९ सय ३६ संक्रमित थपिए पुगेको छ। 

    images

    शुक्रबार १४ हजार १ सय ८२ जनाको परीक्षणबाट २९ सय ३६ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ९ हजार ६ सय १३ जनाको पीसीआर परीक्षणबाट २ हजार ६ अर्थात परीक्षणको २१ प्रतिशतमा संक्रमण भएको हो ।

    थपिएकामा काठमाडौंका ३ सय ४३, मोरङ्गका २ सय ८४, झापाका १ सय ५१, कास्कीका १ सय ३८, ललितपुरका १ सय ३६ तथा भक्तपुरका ६२ जना हुन्। सक्रिय संक्रमित बढेर २६ हजार ८ सय २७ पुगेका छन्। काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, कास्की, सुर्खेत, मोरङ्ग, झापा र सुनसरीमा सक्रिय संक्रमित पाँच सय भन्दा बढी छन्। शुक्रबार १७ सय ७५ जनामात्र संक्रमणमुक्त भएका छन्। नेपालमा कुल संक्रमितको ९४ दशमलव ५ प्रतिशतलाई निको भएको छ।

    images