आइतबार, कार्तिक १६ गते २०८३
images
images

परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न परेको रिट हेर्न नभ्याइने

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 257
    SHARES
  • परराष्ट्रमन्त्री खड्काको शपथ बदर गर्न परेको रिट हेर्न नभ्याइने

    असोज १३ काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्काको शपथ बदर गर्न माग गर्दै दायर रिटको सुनुवाइ आज नहुने भएको छ । सर्वोच्चले सपथ सम्बन्धी रिटलाई हेर्न नभ्याउनेमा राखेको छ । न्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा सुनुवाइ तोकिएकोमा सर्वोच्चले हेर्न नभ्याइने जनाएको हो ।

    images

    खड्काले परराष्ट्रमन्त्रीका रूपमा लिएको पद तथा गोपनीयताको शपथ बदर गर्न माग गर्दै गत ६ असोजमा सर्वोच्चमा रिट दायर भएको थियो । अधिवक्ता विशाल न्यौपानेले कानुनी व्यवस्थाविना नै मन्त्री खड्काको शपथ भएको भन्दै रिट दायर गरेका थिए ।