काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मुल्य आज तोलामा ५ सय रुपैयाँले बढेर प्रति तोला १ लाख ३६ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३५ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, चाँदीको मुल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । मंगलबार चाँदी प्रतितोला १ हजार ६ सय ६० रुपैयाँमा कारोबार भएकोमा आज प्रति तोला १ हजार ६ सय ७० रुपियाँमा कारोबार भइरहेको छ ।


