असोज १३ चरिकोट । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा दोलखा जिल्ला तामाकोसी गाउँपालीका वडा नं. १ का वडा अध्यक्ष तथा नेपाली कांग्रेस दोलखा कार्यसमितीका सदस्य महेश्वर काफ्लेले जिल्ला सचिवको लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।
कांग्रेसको विधि विधान नियम अनुसार प्रत्यक जिल्लामा दुई जना सचिव हुने प्रावधान अनुरुप रहेको छ । विद्यार्थी जीवन बाटनै राजनितीमा सक्रिय रहेका काफ्ले दशकौंदेखि जिल्लामा नेपाली कांग्रेस सधै पराजय हुनु परेकोले अबका दिनमा संगठनलाई चुस्त दुरुस्त बनाएर अगाडी बढाउनु पर्ने बताउँछन् ।
उनले भने; गाउँ गाउँमा, टोल टोलमा, चुला चुलामा कांग्रेस पुर्याउन नसकेको कारणले हामी विगतका निर्वाचनमा पराजय भोग्नु परेको थियो । विगतका दिनमा कांग्रेसले निष्कृय नेतृत्वको कारण हामी पराजित भएका है अब त्यस्तै विगतका दिनहरु नदोहोर्याउन उदेश्यले आफ्नो उमेदवारी दिएको काफ्लले बताए ।
त्यसको लागि आफुले कुनैपनि कसुर पूरा गर्न समेत बाकी नराख्ने उनले बताए । हाल विभिन्न पदमा रहेका जिल्लाका सक्रिय नेता तथा आम शुभचिन्तकले विगतमा दिनमा निर्वाचनमा जिल्लामा किन नेपाली कांग्रेस सधै पराजित भइरहेको छ के दोलखामा कांग्रेसको दिन सकिएको हो त ? अरुले यस्तै यस्तै प्रश्नहरु गर्ने नसकेको र यस्तो अबस्थाको बारेमा आफू सशक्त भएर अघि बढ्ने उदेश्यले आफ्नो उम्मेदवारी दिएको हुँ !
कसैले पनि यस्ता प्रश्न गर्ने नसकेको र अब आफूले यस्ता नकारात्मक पक्षलाई र्निमुल पार्न सक्ने जोश र हिम्मत लिएर अघि बढेको समेत बताए । विगतका निर्वाचमा पनि काङ्ग्रेस निकै कमजोर मानिएको ठाउँमा आफुले उम्मेदवारी दिएर सफलता पनि हातपारेको हुनाले आगामी दिनमा पनि समग्र दोलखा जिल्लामा नेपाली कांग्रेसलाई बलियो बनाउँने उदेश्यले आफू लागि परेको बताए ।
राजनितीका परिवारमा हुर्किएका काफ्ले २०५९ /६० साल देखि नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघको इकाई समिति बाट आफ्नो राजनितीक यात्रा सुरु गरेका थिए । अहिलेको बर्तामान अबस्थामा नेपाली कांग्रेसमा युवा पुस्ताको ठुलो माहोल रहेको र आम जनातालाई कांग्रेसमा लाग्नु्को अर्थ के हो? भन्ने उदेश्य आफ्नो उम्मेदवारी दिएको बताए ।
.jpg)
