आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेस अधिवेशन : २२ पुरुषलाई पछ्याउने एक्ली चेली माया

एक्सप्रेस पाना
आश्विन १३, २०७८ बुधबार
  • 542
    SHARES
  • कांग्रेस अधिवेशन : २२ पुरुषलाई पछ्याउने एक्ली चेली माया

    असोज १३ कपिलवस्तु । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत कपिलवस्तुमा बुधबार नगर तथा गाउँ अधिवेशन सुरु भएको छ । १० पालिकामध्ये नाै पालिकामा आज अधिवेशन भइरहेको छ ।

    images

    २३ जनाले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । तर सभापतिका लागि जिल्लामा एक महिलाको मात्र उम्मेदवारी परेको छ । कपिलवस्तु नगरपालिकाको नगर सभापतिका लागि नगर समितिका पूर्वसचिव माया ज्ञवालीले उम्मेदवारी दिएकी हुन् ।

    जिल्लामा रही सामाजिक अभियन्ता र मानवअधिकारको क्षेत्रमा पैरवी गर्दै आएकी ज्ञवालीले उम्मेदवारी दर्ता गरेकी छन् । महिलाले अवसर पाए पुरुषले जस्तो काम गरेर देखाउन सक्छन् भन्ने देखाउन उम्मेदवारी दिएको ज्ञवालीले बताइन् ।

    images

    २०६५ सालमा क्रियाशील सदस्य बनेकी ज्ञवाली गुटमा नलागी साझा उम्मेदवार बनेकी हुन् । विभिन्न कार्यक्रममा सहभागी हुँदा महिलाले नेतृत्व लिनुपर्ने आवाज उठेपछि उनले सभापतिको पदमा उठ्ने निर्णय लिएकी हुन् । 

    सभापतिको उम्मेदवारी परेसँगै आफूलाई फिर्ता लिनसमेत दबाब आएको उनले बताइन् । महिलाप्रति आत्मबल बढाउन भए पनि उम्मेदवारी फिर्ता नलिने योजना रहेको न्युज कारखानासँग बताइन् । कुनै गुटतर्फ नलागे पनि ज्ञवालीले गरेको सामाजिक कामले उनलाई समर्थन गर्नेको संख्या धेरै रहेको कांग्रेस नेता आरएन ठाकुर बताउँछन् । नगर सभापतिका लागि ज्ञवालीसँगै गोपीकृष्ण शर्मा, प्रशान्त कार्की, खुर्सेद अहमद खाँले निर्वाचन लड्ने भएका छन् ।न्युज कारखाना