आइतबार, भाद्र २८ गते २०८३
images

काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ

एक्सप्रेस पाना
बैशाख २३, २०८१ आइतबार
  • 261
    SHARES
  • काठमाडौँ उपत्यकाको वायु अझै अस्वस्थ

    काठमाडौं । काठमाडौँ उपत्यका आज विश्वकै दोस्रो स्थानमा प्रदुषित सहरको रुपमा सूचीकृत भएको छ ।

    images

    ‘एयर क्वालिटी इन्डेक्स’को अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १७७ पुगेको छ । 

    गत बिहीबार वायु गुणस्तर सूचकाङ्क (एक्यूआई)  १६८ पुगेको बुधबार वायु प्रदूषण बढेर वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १९५ पुगेको थियो । शनिवार भने घटेर वायु गुणस्तर सूचकांक (एक्यूआई) १८५ रहेको थियो । 

    images

    पहिलो प्रदूषित सहरको रुपमा भने भारतको दिल्ली सहर सूचीकृत भएको छ भने तेस्रो स्थानमा चीनको बेइजिङ सहर विश्वकै तेस्रो प्रदूषित सहरको रुपमा सूचीकृत भएको छ । 

    सुक्खायामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोको कारण वायु प्रदुषण पनि बढिरहेको छ ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुक्खायामसँगै मुलुकका विभिन्न स्थानमा लागिरहेको डढेलो नियन्त्रण हुन नसक्दा काठमाडौँ उपत्यका लगायतका मुख्य सहरमा प्रदुषण बढेर वायु नै अस्वस्थ रहेको बताउदै आएको छ ।