आइतबार, कार्तिक १६ गते २०८३
images
images

आज संसद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 311
    SHARES
  • आज संसद् बैठक बस्दै, दलसम्बन्धी अध्यादेश खारेजको पत्र पढेर सुनाइने

    असोज १४ काठमाडौं । संघीय संसदको तल्लो सदन प्रतिनिधिसभाको नवौं अधिवेशनको नवौँ बैठक बिहीबार दिउँसो बस्दैछ । बैठक दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

    images

    बिहीबारको बैठकको सम्भावित कार्यसूचीमा राष्ट्रपतिको कार्यालयबाट प्राप्त दलसम्बन्धी अध्यादेश खारेजसम्बन्धी पत्रको व्यहोरा सभामुख अग्निप्रसाद सापकोटाले पढेर सुनाउने उल्लेख छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ११ असोजमा अध्यादेश खारेज गरेकी थिइन् ।

    बिहीबारको बैठकमा महालेखा परीक्षकको कार्यालयको ५८औँ वार्षिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । यो प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाले पेस गर्नेछन् । महालेखाले गत भदौमा राष्ट्रपति भण्डारीलाई प्रतिवेदन बुझाएको थियो । 

    images