असोज १४ दोलखा । पत्रकारिताबाट स्थापित दोलखाका पत्रकार गोकर्ण प्रसाद भण्डारी पार्टी राजनीतिमा सक्रियता देखाएकाछन् । लामो समय देखि पत्रकारितासँगै नेपाली कांग्रेसको भातृ तथा सुभेच्छुक संगठनमा पनि कृयाशिल भण्डारी दोलखाबाट आसन्न नेपाली कांग्रेस दोलखाको १४ औं महाधिवेशनमा केन्द्रिय महाधिवेशन प्रतिनिधि खस आर्य तर्फ उम्मेद्धारी दिने घोषणा गरेकाछन्।
दोलखाको लापिलाङका भण्डारी लापिलाङ माविको नेविसंघ ईकाई अध्यक्षबाट राजनीति सुरु गरेका हुन् । भण्डारी सदरमुकाम चरिकोटको गौरीशंकर बहुमुखी क्याम्पसको ईकाई सभापति समेत भएका थिए।
मिलनसार र स्पष्ट विचार राख्ने भण्डारी दोलखाको सामाजिक अभियानहरूमा समेत आफ्नो बलियो उपस्थिति जनाउँदै आएकाछन् । लापिलाङमा कम्युनिष्टहरूको दबदबा चल्दा भण्डारी कुनै बेला एक्लै जुधेर बसेका कुशल संगठकको रुपमा देखिँदै आएको उनलाई नजिकबाट बुझ्नेहरूको बताउँछन् ।
कम्युनिष्ट विचारधाराका दोलखाका जिसस प्रमुख डबल पाण्डे र गाउँपालिका प्रमुख बिनकुमार थामी सहित पूर्व सांसद चुनबहादुर थामीको टोलमा हुर्किएका भण्डारी आफ्नो बलियो अडानकाबीच कांग्रेसको राजनीतिमा जोडिदै आएकाछन्।
दोलखाको रेडियो भिमेश्वरको स्टेशन म्यानेजर समेत रहेका भण्डारी अंग्रेजी राष्ट्रिय दैनिक द हिमालयन टाईम्सका समचारदाता र जिल्लामा केही मिडियाहरूमा समाचार सम्पादन समेत गर्छन । पत्रकारितामा स्नाकोत्तर भण्डारी आफूले आफ्नो पुस्ताको प्रतिनिधित्व मात्रै नभई पुरानो पुस्ताको सम्मानका लागि पनि आफ्नो उम्मेद्धारी रहेको बताउँछन् ।
भण्डारी भन्छन्, ‘मतदाताहरू बिबेकशिल छन्, जिल्लामा सबै नेता चुनिएर आउनु भएको छ युवा पुस्ताको काँधमा जिम्मेवारी दिने आशाका साथ चुनावी मैदानमा छु ।’भण्डारी आफूले जित्ने अठोटले नै चुनावमा उत्रिएको र युवा, महिला र अन्य पुस्ताहरूले आफ्नो पुस्तालाई विजयी गराउनेमा ढुक्क रहेको बताँछन्।
उनि भन्छन् , ‘युवा पुस्तालाई जिम्मेवारी र पुरानो पुस्तालाई सम्मान र सबै खाले क्षेत्रको बिज्ञताले मात्रै नेपाली कांग्रेस मजबुत हुन्छ । ’ भण्डारी स्वर्गिय पूर्व सभापति देवि प्रसाद न्यौपानेको बिश्वास पात्रको रुपमा कार्य गरेका ब्यक्ति समेत हुन् । नेविसंघमा रहँदा स्वर्गीय त्यागी नेता भिम बहादुर तमाङको सामिप्यता समेत उनमा थियो। दोलखा कांग्रेसले आगामी असोज १५ मा जिल्ला अधिवेशन गर्दैछ।
.jpg)


