काठमाडौ । आउँदो आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम आज पेस हुँदैछ ।
नीति तथा कार्यक्रम संघीय संसद्को संयुक्त बैठकमा पेस गर्ने कार्यसूची रहेको छ ।
सरकारको नीति तथा कार्यक्रम संसद्को संयुक्त बैठकमा राष्ट्रपतिले वाचन गर्ने परम्परा छ । यसका लागि मंगलबार दिउँसो ३ बजेका लागि संघीय संसद्को संयुक्त बैठक बोलाइएको छ ।
संघीय संसद् सचिवालयले २ः४५ भित्र औपचारिक पोशाकमा संसद् हलमा प्रवेश गरिसक्न सांसदहरूलाई सूचना जारी गर्दै आग्रह गरिसकेको छ ।
.jpg)


