आइतबार, कार्तिक १६ गते २०८३
images
images

महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 249
    SHARES
  • महासभामा भाग लिएर परराष्ट्रमन्त्री स्वदेश फिर्ता

    असोज १४ काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का राष्ट्रसंघीय महासभामा भाग लिएर बिहीबार स्वदेश फर्किएका छन् । संयुक्त राष्ट्रसंघको ७६औँ महासभामा भाग लिएर उनी बिहीबार बिहान स्वदेश आइपुगेका हुन् । 

    images

    ६ असोजमा महासभामा सहभागी हुन न्युयोर्क पुगेका उनले ११ असोजमा महासभालाई सम्बोधन गरेका थिए ।

    ‘आशाको माध्यमबाट लचिलोपन निर्माणका साथ कोभिड-१९ बाट पुनःस्थापना, दिगो पुनर्निर्माण, पृथ्वीको आवश्यकता पूरा गर्न तथा जनताका अधिकारलाई सम्मान गर्दै संयुक्त राष्ट्रसङ्घलाई पुनर्जागृत गराउने’ विषयमा उनले नेपालकाे धारणा राखेका  थिए ।

    images

    परराष्ट्रमन्त्री डा. खड्काले भारत, कुवेत, बंगलादेशका प्रतिनिधिसँग साइडलाइन वार्ता गरेका थिए । महासभामा आफूले काेभिड नियन्त्रणका लागि सबै देशका नागरिकलाई खाेप, आतंकवादकाे अन्त्यबारे धारणा राखेकाे उनले पत्रकारहरूलाई बताए । न्युयाेर्कमा रहँदा उनले राजनीतिक समझदारीमा एमसीसी अनुमाेदन गरेर कार्यान्वयन गर्नुपर्नेमा जाेड दिएका थिए ।