आइतबार, कार्तिक १६ गते २०८३
images
images

सरकारका प्रवक्ता कार्कीले भने : एमाले संवाद र वार्ताबाट भाग्यो 

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 214
    SHARES
  • सरकारका प्रवक्ता कार्कीले भने : एमाले संवाद र वार्ताबाट भाग्यो 

    असोज १५ काठमाडौं । सर्वदलीय बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा बिहीबार बालुवाटारमा बसेको संघीय संसदमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकले प्रमुख प्रतिपक्षी दल एमाले संवाद र वार्ताबाट भागेको निष्कर्ष निकालेको हो ।

    images

    ‘यसअघि सभामुखले बोलाएको सर्वदलीय बैठकमा पनि एमाले सहभागी भएन’, बैठकपछि सरकारका प्रवक्तासमेत रहेका कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले भने, ‘आज प्रधानमन्त्रीले डाकेको सर्वदलीय बैठकमा पनि एमाले प्रतिनिधि सहभागी भएनन् । हामीलाई लागेको छ, उहाँहरू संवाद र वार्ताबाट भागिरहनु भएको छ ।’ 

    संसदमा भइरहेको गतिरोध अन्त्यका लागि एमाले पनि जिम्मेवार बन्नुपर्ने र यसका लागि वार्ता र संवादमा आउन पनि बैठकले एमालेलाई आह्वान गरेको छ । 

    images

    एमालेको अवरोधका कारण संसद बैठकमा विभिन्न विधेयक पेस हुन नपाएको कार्कीले बताए । संसद् अधिवेशन गर्ने विषयमा कुनै कुरा नभएको उनले ।न्युज कारखाना