आइतबार, कार्तिक १६ गते २०८३
images
images

प्रतिनिधिसभा : महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 326
    SHARES
  • प्रतिनिधिसभा : महालेखा परीक्षकको वार्षिक प्रतिवेदन पेस

    असोज १४ काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन, २०७८ पेस भएको छ ।

    images

    बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूको विरोधका बीच प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले महालेखा परीक्षकको वार्षिक प्रतिवेदन–२०७८ पेस गर्नुभएको हो ।

    बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त अध्यादेश खारेज सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउनुभयो ।

    images

    प्रतिनिधिसभाको अर्को बैठक यही असोज १९ गते मङ्गलवार दिउँसो १ः०० बजे बस्नेछ ।