आइतबार, कार्तिक १६ गते २०८३
images
images

गोरखाका चारवटै प्रदेशसभामा कांग्रेसको अधिवेशन, यस्तो आयो नेतृत्व

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 258
    SHARES
  • गोरखाका चारवटै प्रदेशसभामा कांग्रेसको अधिवेशन, यस्तो आयो नेतृत्व

    असोज १४ काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बुधबार हिमाली जिल्लामा प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन तोकिएको थियो । जसअनुसार गोरखाका चारवटै क्षेत्रमा तोकिएकै मितिमा अधिवेशन भएको छ । यसअघि ९४ वटा वडा र ११ वटा पालिका अधिवेशन सम्पन्न भएको थियो । 

    images

    प्रदेशसभाअन्तर्गत तीन क्षेत्रमा मतदानमार्फत र एउटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । गोरखा १ (क) को सभापतिमा खुनप्रसाद रेग्मी निर्वाचित भएका छन् । उनले २०५ मतसहित उत्तम अधिकारी र काजीराम अधिकारीलाई पराजित गरे । उत्तमले १८९ र काजीरामले २५ मत पाए ।

    उपसभापतिमा अर्जुन भट्टराई र कृष्णप्रसाद रेग्मी तथा सचिवमा कृष्ण पन्त र भरतप्रसाद रेग्मी, सहसचिवमा गोविन्द बास्कोटा र सुवास थापा सर्वसम्मत चयन भएका छन् ।

    images

    १ (ख) को सभापतिमा ठाकुर भट्टसहित सबै पदाधिकारी निर्विरोध छानिएका छन् । उपसभापतिमा बलराम ढकाल र मणिलाल गुरुङ, सचिवमा यमलाल लामिछाने र ऋषिराम लामिछाने तथा सहसचिवमा विश्वनाथ अधिकारी र समिर ढकाल चयन भएका कांग्रेस गोरखाले जनाएको छ ।

    क्षेत्र नम्बर २ प्रदेश (क) को सभापतिमा दीर्घमान गुरुङ विजयी भएका छन् । उनले एक सय ७९ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी भानुभक्त थापाले एक सय चार मत पाए । उपसभापतिमा कमलादेवी देवकोटा र केदारनाथ देवकोटा निर्वाचित भए ।

    कमलादेवीले एक सय ९० तथा केदारनाथले एक सय ७७ मत पाए । सचिवमा सुरज श्रेष्ठले दुई सय २४ मत र एक सय ७९ मतसहित प्रशान्त देवकोटा विजयी भए । सहसचिवमा एक सय ६७ मत पाएर सुजना पन्त र एक सय ३६ मतले किरण आले विजयी बने ।

    २ (ख) को सभापतिमा दिनेश खनखवास विजयी भएका छन् । खनखवासले दुई सय पाँच मत पाए । उनका प्रतिस्पर्धी सिजर भट्टले एक सय ४३ मत ल्याए । उपसभापतिमा कृष्णकुमार श्रेष्ठ दुई सय ३५ र बलबहादुर धिताल एक सय ९२ मतसहित निर्वाचित भएका छन् ।

    सचिवमा दुई सय ४७ मतसहित सन्तोष दवाडी र दुई सय २२ मतसहित कृष्णकुमार गुरुङ विजयी भए । सहसचिवमा दुई सय ३८ मतसहित मनिता गुरुङ र एक सय ६६ मतसहित विराज भट्ट विजयी भए । गोरखामा शुक्रबार प्रतिनिधिसभा निर्वाचन क्षेत्र र १८ असोजमा जिल्ला अधिवेशन हुँदैछ ।न्युज कारखाना