आइतबार, कार्तिक १६ गते २०८३
images
images

आजको मौसम- मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना

एक्सप्रेस पाना
जेठ ११, २०८१ शुक्रबार
  • 321
    SHARES
  • आजको मौसम- मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षाको सम्भावना

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रमा हल्का वर्षा हुने सम्भावना रहेको छ।

    images

    महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो  देशको पहाडी क्षेत्रमा मौसम आंशिकदेखि साधारणतया बदली हुनेछ भने देशका बाँकी स्थानमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

    दिउँसो पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षा हुने सम्भावना छ भने देशका बाँकी भूभागका एक/दुई ठाउँमा मेघगर्जन÷चट्याङ÷हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। 

    images

    यसैगरी राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली हुने र देशका बाँकी स्थानमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने सम्भावना छ। 

    यस क्रममा राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागमा एक÷दुई स्थानमा मेघगर्जन/चट्याङ/हावाहुरीसहित हल्का वर्षा हुने सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ। 
     
    हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र बिहारआसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ।

  • सम्बन्धित विषय:

  • # आजको मौसम