आइतबार, कार्तिक १६ गते २०८३
images
images

पूर्व माओवादी नेता बादललाई एमाले विधान महाधिवेशनको जिम्मा

एक्सप्रेस पाना
आश्विन १४, २०७८ बिहीबार
  • 265
    SHARES
  • पूर्व माओवादी नेता बादललाई एमाले विधान महाधिवेशनको जिम्मा

    असोज १४ काठमाडौं । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा १५-१७ असोजमा हुन लागेको एमालेको विधान महाधिवेशनको जिम्मा स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल'ले पाएका छन् ।

    images

    केन्द्रीय समितिबाट पाएको जिम्मेवारीअनुसार महाधिवेशनको व्यवस्थापनलाई चुस्तदुरुस्त गर्न सक्रिय रहेको बादलले जानकारी दिएका छन् । उनले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।

    बादलको नेतृत्वमा गठन भएको विधान महाधिवेशन मूल व्यवस्थापन समितिमा शेरबहादुर तामाङ, कृष्णगोपाल श्रेष्ठ, खिमलाल भट्टराई, महेश बस्नेत, विनोद श्रेष्ठ, सुजिता शाक्य, सुशिला नेपाल र पासाड. शेपा सदस्य छन् ।

    images

    समितिले पाएको जिम्मेवारी कार्य विभाजनसहित कार्यसम्पादन गरिरहेको बादलले उल्लेख गरेका छन् ।