बुधबार, भाद्र २४ गते २०८३
images

प्रभु बैंक र द सोल्टी होटेल ग्रुप बिच छुट सम्बन्धी समझौता

एक्सप्रेस पाना
जेठ १४, २०८१ सोमबार
  • 418
    SHARES
  • प्रभु बैंक र द सोल्टी होटेल ग्रुप बिच छुट सम्बन्धी समझौता

    काठमाडौं । द सोल्टी होटेल ग्रुप र प्रभु बैंक लिमिटेडबिच छुट सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । 

    images

    प्रभु बैंकका तर्फबाट प्रमुख बजार अधिकृत रवीन्द्र ढकाल एवम् प्रदेश प्रमुख साङ्ग्रिला श्रेष्ठ तथा सोल्टी होटेल ग्रुपका तर्फबाट म्यानेजर सुदन अधिकारीले समझौतापत्रमा हस्ताक्षर गरेका हुन् । 

    द सोल्टी होटेल ग्रुप अन्तर्गत द सोल्टी होटेल एन्ड रिसोर्ट, सोल्टी वोष्टेण्ड प्रिमियर नेपालगञ्ज, सोल्टी वोष्टेण्ड इटहरी, सोल्टी वोष्टेण्ड रिसोर्ट चितवन, सोल्टी वोष्टेण्ड रिसोर्ट नगरकोट, मिथिला यात्री निवास जनकपुरसँग प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले सेवा तथा सुविधा लिएबापत छुट पाउने छन् । 

    images

    सम्झौता अनुसार प्रभु बैंक लिमिटेड का ग्राहक तथा कर्मचारीहरूले होटेल तथा रिसोर्टको सेवा तथा सुविधा प्राप्त गर्नको निमित्त बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा बैंकका अन्य कुनै विद्युतीय प्रणालीद्वारा विल भुक्तानी गर्नुपर्ने छ । 

    द सोल्टी होटेल ग्रुपको उल्लेखित होटेल तथा रिसोर्ट मार्फत उपलब्ध आवास तर्फ विशेष संस्थागत छुट साथै खाना तथा पेय पदार्थमा १५५ छुट प्राप्त गर्न सक्नेछन् । 

  • सम्बन्धित विषय:

  • # प्रभु बैंक