शनिबार, भाद्र २७ गते २०८३
images

आजदेखि तिन दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 344
    SHARES
  • आजदेखि तिन दिनसम्म तराई क्षेत्रमा तातो हावा चल्ने, सतर्कता अपनाउन अनुरोध

    काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले अनुसार आज देखि पर्सि (जेठ १८) सम्म तराई क्षेत्रमा अत्यधिक गर्मी हुने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    images

    महाशाखाका अनुसार बुधबार देखि शुक्रबारसम्म तराई क्षेत्रमा तातो हावा चल्ने र त्यसले स्वास्थ्यमा असर पार्ने भएकाले बच्ने उपाय अपनाउन आवश्यक छ।

    महाशाखाका अनुसार तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैः थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि हुनसक्छ। 

    images

    बच्ने उपाय

    तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने (घाममा बढी एक्सपोज नहुने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक–पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी संग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने। 

    महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी देखिएको छ। 

    महाशाखाले भनेको छ "आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी तथा सतर्कता अपनाउन हुन अनुरोध छ।"