मंगलबार, भाद्र २३ गते २०८३
images

बुधबार २३.८१ अंकले घट्यो शेयर बजार

एक्सप्रेस पाना
जेठ १६, २०८१ बुधबार
  • 271
    SHARES
  • बुधबार २३.८१ अंकले घट्यो शेयर बजार

    काठमाडौं ।  बुधबार शेयर बजार २३.८१ अंकले घटेको छ ।

    images

    आज १.१२ प्रतिशतले घटेर बजार २ हजार ८९.४२ अंकमा झरेर बजार बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 

    सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पेश गरेकै भोल्पिल्ट शेयर बजार दोहोरो अंकले घटेको छ ।

    images

    आज झण्डै २३ हजार ८० वटा कारोबारमा १ करोड ७ लाख ३८ हजार १ सय ६९ कित्ता शेयर किनबेच भए । ती किनबेचमा ४ अर्ब ५७ करोड ५० लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । 

    परिसूचक घटेपनि ५६ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १९१ वटाको मूल्य घटेको छ ।

  • सम्बन्धित विषय:

  • # शेयर बजार