काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार घटेको छ ।
आज बजार १९.८९ अंकले घटेर २ हजार ६९.५३ विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
बिहीबार ८१ हजार ७२ वटा कारोबारमा ९८ लाख ६४ हजार ४ सय ८२ कित्ता शेयर किनबेच भएको छ भने ४अर्ब २१ करोड ७४ लाखरुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
आज कारोबारमा आएकामध्ये ७० कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ७३ वटाको घटेको छ । बाँकी ४ वटा कम्पनीको शेयर मूल्य स्थिर छ ।


