काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ भने हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४५ रुपैयाँ २७ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १७० रुपैयाँ २८ पैसा निर्धारण भएको छ।
त्यसैगरी आज अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०६ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर ४३५ रुपैयाँ ९९ पैसा निर्धारण भएको छ।



