काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ २५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८५ पैसा निर्धारण भएको छ।
आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ४८ पैसा र बिक्रीदर १४५ रुपैयाँ १३ पैसा निर्धारण भएको छ भने बेलायती पाउन्ड १ को खरिददर १६९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १७० रुपैयाँ ६५ पैसा निर्धारण भएको छ।
त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ०५ पैसा निर्धारण भएको छ भने कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ २४ पैसा र बिक्रीदर ४३६ रुपैयाँ १९ पैसा निर्धारण भएको छ।



