बुधबार, भाद्र २४ गते २०८३
images

अहिलेको बजेट पनि पहिले जसरी प्रस्तुत हुन्थ्यो त्यसरी नै आएको छ :हरि ढकाल

एक्सप्रेस पाना
जेठ २१, २०८१ सोमबार
  • 352
    SHARES
  • अहिलेको बजेट पनि पहिले जसरी प्रस्तुत हुन्थ्यो त्यसरी नै आएको छ :हरि ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले आगामी आर्थिक वर्षको बजेटप्रति आफ्नो समर्थन नहुने बताएका छन् । 

    images

    सोमबार प्रतिनिधिसभा बैठकमा आर्थिक वर्ष २०८१र०८२ को बजेटमाथिको छलफलमा सांसद ढकालले आफू सत्तापक्ष नै भए पनि जनताको आवाज बोल्ने र यथार्थ कुरा भन्ने बताएका हुन् ।

    उनले अर्थमन्त्रीले ऋण लिएर बजेट पूर्ति गर्ने योजना बनाएकोप्रति असन्तुष्टि व्यक्त गर्दै अहिलेको बजेट पहिले जसरी प्रस्तुत हुन्थ्यो त्यसरी नै आएको बताए । 

    images

    उनले भने,“यो ७३ पेजको ०८१र०८२ को बजेट पनि यथास्थितिवादको निरन्तरता छ । पोहोरको जस्तै छ । अर्थमन्त्रीज्यू, पोहोरको जस्तै छ है, परारको जस्तै छ,” “झन परारको जस्तै छ । ३४ वर्षको जस्तै छ । नीति तय गर्दै गर्दा नीति बन्दै गर्दा, जब यथास्थितिको शैली र स्वरूपहरू परिवर्तन हुँदैन, अनि ति नीतिहरू कार्यान्वयनका लागि बन्ने बजेटहरू उस्तै हुन्छन् ।”

    सांसदले दिएका सुझाव यो बजेटमा नभएको उनको भनाई छ ।

     उनले भने, “अलि बढी चासो राख्ने सेयर बजारको बारेमा मैले सुझाव लगेर बुझाएको थिएँ । काहीँ केही पनि छैन,”  “त्यो १० बुँदा कहाँ पो हो, हुन्छ भन्नुभएको थियो, आएन केही पनि ।”

    विदेशी खाद्यान्नलाई प्रतिबन्ध लगाएर स्वदेशी उत्पादन बढाउने कुरा पनि नभएको उनको भनाइ छ । 

  • सम्बन्धित विषय:

  • # हरि ढकाल