आइतबार, कार्तिक १६ गते २०८३
images
images

काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप टुँडिखेलमा निशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने

एक्सप्रेस पाना
जेठ २२, २०८१ मंगलबार
  • 386
    SHARES
  • काठमाडौं महानगरपालिकाले टी–२० विश्वकप टुँडिखेलमा निशुल्क प्रत्यक्ष प्रदर्शन गर्ने

    काठमाडौं । टी–२० विश्वकप क्रिकेट खेल हेर्नका लागि काठमाडौं महानगरपालिकाले टुँडिखेल, तीनकुने र हाँडीगाउँमा निशुल्क प्रत्यक्ष प्रदर्शन स्थान तयारी गरेको छ ।

    images

    महानगरले नेपालका खेल तीन ठाउमा लाइभ देखाउन लागेको हो । नेपाली समयअनुसार आज साँझ सवा नौ बजेदेखि खेल हुनेछ । यो खेल हेर्नका लागि ठूला एलईडी स्क्रीन राखिनेछन् ।

    महानगरपालिकाले ओपन डोर्स इन्टरटेनमेन्टको सह आयोजना र खेलकुद मन्त्रालयको सहकार्यमा प्रत्यक्ष प्रसारण गर्ने भएको प्रमुखको सचिवालयका सदस्य नविन भण्डारीले जानकारी दिए । 

    images

    प्रदर्शन स्थल टुँडिखेलमा साँझ ५ बजेदेखि प्रवेश दिइनेछ । 

    टुँडिखेलमा खेलको प्रदर्शन सुरु हुनुअगाडि इन्दिरा जोशी, महेश काफ्ले, रचना रिमाल र भ्योेमाको सांगीतिक प्रस्तुति हुने महानगरले जनाएको छ  । 

  • सम्बन्धित विषय:

  • # टी–२० विश्वकप