आइतबार, कार्तिक १६ गते २०८३
images
images

संगठन सुदृढीकरण र कुशल नेतृत्वका लागि आफ्नो उम्मेदवारी : सुनिता नेपाली

एक्सप्रेस पाना
आश्विन १५, २०७८ शुक्रबार
  • 435
    SHARES
  • संगठन सुदृढीकरण र कुशल नेतृत्वका लागि आफ्नो उम्मेदवारी : सुनिता नेपाली

    असोज १५ चरिकोट । नेपाली कांग्रेसको १४ महाधिवेशन अन्तर्गत संगठन सुदृढीकरण र कुशल नेतृत्वका लागि खुला महिला तर्फको केन्द्रीय महाधिवेशन प्रतिनिधि पदको लागि सुनिता नेपालीले प्रतिस्पर्धा गर्दै छिन् ।

    images

    नेपाली कांग्रेसको संगठन गाउँ गाउँ , टोल टोल र प्रत्येक नगरमा पुगेर मैले मेरा अनुहार मात्रै देखाउन नभइ आफूले कबुल गरेका बाचा एक्यवद्धता लगाएत सम्पूर्ण जनताको मागलाई सम्बोधन गरि पूरा गर्ने र एउटा कुशल नेतृत्व गर्न हिसाबले आफ्नो उम्मेदवारी दिएको उहाँले बताउनु भयो ।

    पार्टीमा जतिबेला पनि संकटकालीन अबस्थामा हामी उभिने गरेका छौं । जसको कारण आफूले उक्त नेतृत्व गर्ने अवसर पाए थप जिम्मेवारी महसुस हुने र आम जनताको घर दैलोमा पुगि जनताको गुनासो हुन्नेे अवसर मिल्नुका साथै पार्टी एक ढिक्का भए अघि बढ्ने छ भन्ने लाग्छ । उनले भनिन्

    images

    कांग्रेसको कुशल नेतृत्वका लागि सक्षम र सबल व्यक्तिको लागि आफ्नो मत दिन वडा, पालिका तथा नगरका क्षेत्रीय प्रतिनिधि लगाएत सम्पूर्ण म आग्रह गर्दछु ।

    विगमा माओवादी जनआन्दोलन देखि दोलखा जिल्लामा सक्रिय राजनीतिक जीवन बिताइसकेको मेरो लामो अनुभव छ । २०५८ सालमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघ हुँदै राजनीति करिअर सुरु गरेको हुँ । जसमा माओवादीले मलाई नजबन्दमा पनि राखेको थियो । कहिले काठमाडौं , कहिले छिमेकी देश भारमा पुगि आफू पुनः नेपाली कांग्रेसको राजनीतिमा फर्किएको थिए ।