काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य उच्च विन्दुमा पुगेको छ ।
बिहिबार प्रतितोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १ हजार रुपैयाँले बढेर १ लाख ४५ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासघंले जनाएको छ ।
त्यस्तै आज तेजावी सुन प्रतितोला १ लाख ४४ हजार ३ सयमा कारोबार भइरहेको छ ।
शुक्रबार चाँदीको मुल्य भने प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासघंले जनाएको छ ।


