आइतबार, कार्तिक १६ गते २०८३
images
images

कांग्रेसका सांसद पौडेल र मेयर शाहबीच भेटवार्ता

एक्सप्रेस पाना
जेठ ३१, २०८१ बिहीबार
  • 398
    SHARES
  • कांग्रेसका सांसद पौडेल र मेयर शाहबीच भेटवार्ता

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेल र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच बिहीबार भेटवार्ता भएको छ ।

    images

    भेटमा कांग्रेस सांसद प्रदीप पौडेलले बुधवार प्रतिनिधि सभामा दर्ता गरेको सङ्कल्प प्रस्ताव तथा समग्र महानगर र काठमाडौं क्षेत्र नम्बर ५ को विषय, महानगरको आगामी आर्थिक वर्षका लागि तय हुने नीति, कार्यक्रम तथा बजेटबारे छलफल भएको नेता पौडेलले बताए ।

    भेटमा चक्रपथ निर्माण अलपत्र भएको अहिलेको अवस्थामा तत्काल तीनै तहका सरकार गम्भीर हुनु पर्ने र आवश्यक परेमा नेपाल सरकारले मात्र भए पनि यसको निर्माण समयमा नै सक्नु पर्ने विषयमा यी दुई नेताबीच छलफल भएको हो ।

    images

    नेता पौडेलले टुकुचा व्यवस्थापन, सामाखुसी खोला व्यवस्थापन, धनवन्तरी खहरे खोला व्यवस्थापन, काठमाडौं क्षेत्र नम्बर ५ मा पर्ने ढल तथा सडक व्यवस्थापनको कार्य प्राथमिकतामा राखेर अगाडि बढ्ने छलफल भएको पनि जानकारी दिए ।

    "हामीबीच समस्त काठमाडौं महानगरपालिका तथा महानगरपालिकामा पर्ने क्षेत्र नम्बर ५ लाई थप सुविधा सम्पन्न तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको हो,"पौडेलले भने ।

  • सम्बन्धित विषय:

  • # बालेन
  • # प्रदीप पौडेल