आइतबार, कार्तिक १६ गते २०८३
images
images

मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

एक्सप्रेस पाना
जेठ ३२, २०८१ शुक्रबार
  • 279
    SHARES
  • मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न सांसद केसीको माग

    काठमाडौं । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले मनसुनजन्य जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न माग गरेका छन् ।

    images

    शुक्रवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद केसीले सरकारसँग यस्तो माग गरेका हुन् । उनले विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा रहेको बताउँदै उनले भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठूलो क्षति पुर्याएको र आगालागिबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सानी र सयौँ नेपाली ज्यान गुमाउनुपरेको बताए ।

    उनले विपद्जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको बताए । उनले पहिला भएका घटनाको अहिलेसम्म पुनः स्थापनाका लागि काम गर्न नसकेको बताए ।

    images

    उनले भने "विश्वमा नेपाल प्राकृतिक जोखिमको ११ औं स्थानमा छ । भूकम्पले जाजरकोट रुकुमको त्रास बिर्सन नपाउँदै बाढी, पहिरो, चट्याङले ठूलो क्षति पुर्याएको छ । आगालागिबाट प्रत्येक वर्ष दुई अर्ब भन्दा नोक्सानी र सयौँ नेपाली ज्यान गुमाउनुपरेको छ । विपद्जोखिम न्यूनीकरण प्राधिकरणले यो वर्ष मनसुनजन्य विपतमा १८ लाख नागरिक र ४ लाख १२ हजार परिवार प्रभावित हुने अनुमान गरेको छ । ४ सय बस्ती उच्च जोखिममा छ । पहिला भएका घटनाको अहिलेसम्म पुनः स्थापना हुन सकेको छैन भने सरकार युद्ध स्तरमा आउनुपर्ने हो त्यसरी आउन सकेको छैन । कर्णप्रिय नारा र निर्देशनमा अलमलिएको छ । सरकारले विपत् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गरोस् ।"

    उनले सरकार विपद् जोखिमको लागि काम गर्ने भन्दा पनि कर्णप्रिय नारा र निर्देशनमा अलमलिएको आरोप लगाए । उनले सरकारले विपद् जोखिम न्यूनीकरणका लागि युद्धस्तरमा तयारी गर्न आवश्यक रहेको बताए ।

  • सम्बन्धित विषय:

  • # अर्जुननरसिंह केसी