काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
शुक्रबार प्रतितोला १ लाख ४१ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज १६ सयले बढेर प्रतितोला एक लाख ४२ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजावी सुन प्रतितोला १ लाख ४२ हजार १०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य तोलाको २० रुपैयाँले बढेर प्रतितोला १८ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


